भारतले रुसबाट तेल किन्न जारी राखे भारी करको सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

भारतले रुसबाट तेल किन्न जारी राखे भारी करको सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

२०८२, कार्तिक ४ सोमवार

  • 1.1K
    SHARES

  • भारतले रुसबाट तेल किन्न जारी राखे भारी करको सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि भारतले रुसबाट तेल किन्न जारी राखेमा भारी करको सामना गर्नुपर्ने बताएका छन्। ट्रम्पले भारतले रुसबाट तेल किन्न जारी राखेमा भारतले धेरै कर तिर्नुपर्ने बताएका हुन्।

    उनले भने,ʻमैले भारतका प्रधानमन्त्रीसँग कुरा गरेको छु। उनले रुसबाट तेल नकिन्ने बताएका छन्।ʼ

    ट्रम्पले भने,ʻमलाई थाहा छैन। तर यदि उनले यसो गर्न चाहन्छन् भने भविष्यमा पनि भारी शुल्क तिर्नुपर्नेछ।ʼ

    डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गरेको र उनले रुसबाट तेल किन्न बन्द गर्न सहमत भएको बताएका थिए।

    ट्रम्पको दाबीमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए, ʻवर्तमान अमेरिकी प्रशासनले भारतसँग ऊर्जा सहयोग बढाउन चासो देखाएको छ र यसबारे वार्ता जारी छ।ʼ

    जयसवालले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कुनै कुराकानी नभएको पनि स्पष्ट पारे। -एजेन्सी । 

    २०८२, कार्तिक ४ सोमवार०८:२५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार