रुसद्धारा विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण, मिसाइलको गति करिब १३०० किमी प्रतिघण्टा

रुसद्धारा विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण, मिसाइलको गति करिब १३०० किमी प्रतिघण्टा

२०८२, कार्तिक ११ सोमवार

  • 761
    SHARES

  • रुसद्धारा विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण, मिसाइलको गति करिब १३०० किमी प्रतिघण्टा

    एजेन्सी । रुसले विश्वको पहिलो परमाणु ऊर्जाद्वारा सञ्चालन हुने क्रुज मिसाइल बुरेवस्तनिक (एम-७३) को सफल परीक्षण गरेको छ।

    राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार भिडियो कन्फ्रेन्समार्फत यो जानकारी दिँदै मिसाइलका सबै परीक्षण चरण पूरा भएको बताए।

    यस क्रममा रुसी सेनाका प्रमुख भ्यालेरी गेरेसिमोभले पुटिनलाई जानकारी दिँदै भने, ‘मिसाइलको सफल परीक्षण २१ अक्टोबरमा गरिएको थियो। परीक्षणको दौरान बुरेवस्तनिकले करिब १५ घण्टा आकाशमा उडान भर्‍यो र १४ हजार किमी दूरी तय गर्‍यो।’

    गेरेसिमोभका अनुसार यो दूरी यसको अधिकतम सीमा होइन । परमाणु स्रोतबाट चल्ने भएकाले यसको दायरा असीमित मानिएको छ।

    रिपोर्टहरूअनुसार यो मिसाइलको गति करिब १३०० किमीरघण्टा छ। पुटिनले भने, ‘यस्तो मिसाइल अहिले संसारको कुनै देशसँग छैन। सुरुमा धेरै विशेषज्ञहरूले यस्तो हतियार सम्भव नै हुँदैन भनेका थिए, तर अब यो वास्तविकता बनेको छ।’

    पुटिनले सेनालाई यो मिसाइल प्रहारका लागि तयारी अवस्थामा राख्न पनि आदेश दिइसकेका छन्।

    २०८२, कार्तिक ११ सोमवार०८:४४:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार