जनकपुरधाममा उदाउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य, छठ सम्पन्न

जनकपुरधाममा उदाउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य, छठ सम्पन्न

२०८२, कार्तिक १२ मंगलवार

  • 553
    SHARES

  • जनकपुरधाममा उदाउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य, छठ सम्पन्न

    जनकपुरधाम । छठ पर्वको अन्तिम दिन जनकपुरधामको छठ घाटमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न भएको छ ।

    मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्वको अन्तिम दिन मंगलबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।

    शनिबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय खाए’ गरिएको थियो । छठको दोस्रो दिन आइतबार दिनभर उपवास बसी राति खीर बनाइ देउतालाई चढाएर ब्रतालुहरू खरना गरेका थिए ।

    त्यस्तै, छठको मूल दिन सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने आज उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइ छठ पर्वको विधिवत् रूपमा समापन गरिएको छ ।

    छठ पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ । 

    २०८२, कार्तिक १२ मंगलवार०७:४८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार