निर्वाचनको वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता 

निर्वाचनको वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता 

२०८२, कार्तिक १३ बुधवार

  • 877
    SHARES

  • निर्वाचनको वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता 

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्ता सँग वार्ता गर्ने भएको छ।

    छलफलका लागि सरकारले आज त्रिपक्षीय बैठक आयोजना गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई आमन्त्रण गरेको छ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल सिर्जना गर्न पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको बताए।

    उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए।

    यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो।

    प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए।

    यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचनको वातावरण तयार गर्ने अपेक्षा सरकारको छ।

    २०८२, कार्तिक १३ बुधवार०८:५४:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार