विश्वकप लिग २ : आज युएईसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाबमा

विश्वकप लिग २ : आज युएईसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाबमा

२०८२, कार्तिक १४ बिहिवार

  • 585
    SHARES

  • विश्वकप लिग २ : आज युएईसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाबमा

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल आज युएईसँग प्रतिस्पर्धा हुँदै छ ।

    खेल युएईमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । लिग-२ अन्तर्गत युएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।

    लिग-२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।

    दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलवार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

    २०८२, कार्तिक १४ बिहिवार०७:५९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार