एमालेको महाधिवेशनस्थल परिवर्तन, काठमाडौंमैँ सम्पन्न गर्ने

एमालेको महाधिवेशनस्थल परिवर्तन, काठमाडौंमैँ सम्पन्न गर्ने

२०८२, कार्तिक १६ शनिवार

  • 1.0K
    SHARES

  • एमालेको महाधिवेशनस्थल परिवर्तन, काठमाडौंमैँ सम्पन्न गर्ने

    काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ ।

    यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय लिएको छ ।

    आज शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मंसिरमा तय भएको महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको हो ।

    ‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं । महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब पोखराको सट्टामा काठमाडौंमा गर्ने निर्णय भएको छ, ज्ञवालीले भने । 

    २०८२, कार्तिक १६ शनिवार०६:०२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार