बालेनविरुद्ध युवा संघको जाहेरी, राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

बालेनविरुद्ध युवा संघको जाहेरी, राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

२०८२, कार्तिक २१ बिहिवार

  • 537
    SHARES

  • बालेनविरुद्ध युवा संघको जाहेरी, राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

    काठमाडौँ । नेकपा एमाले निकट युवा संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध जाहेरी दिएको छ।

    बिहीबार दिउँसो युवा संघका नेताहरू साइबर ब्यूरो पुगेर मेयर शाहविरुद्ध जाहेरी दिएका हुन्।

    मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा केहीअघि चीन, अमेरिका, भारत र नेपालका राजनीतिक दलहरूको नाम लिँदै अश्लील स्टाटस लेखेका थिए। केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाएसँगै मेयर शाहको विरोध हुँदै आएको छ। जसले राजनीतिक दल र मित्रराष्ट्रहरुको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको छ।

    जाहेरीमा नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेका राजनीतिक दलहरुलाई सार्वजनिक पदमा बसेको व्यक्तिले गालीगलौज गरी सार्वजनिक शान्ति खलल हुने गरी स्ट्याटस लेखेको भन्दै युवासंघले जाहेरी दिएको हो।

    मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने गरी स्ट्याटस लेखिएको उनीहरुको आरोप छ। जाहेरीमा प्रचलित कानूअनुसार कडाभन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ।

    २०८२, कार्तिक २१ बिहिवार०४:५२:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार