काठमाडौं । ‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो ।
६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
‘नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेका छन् ।