बंगलादेशको अदालतले सुनायो शेख हसिनालाई मृत्युदण्डको सजाय

बंगलादेशको अदालतले सुनायो शेख हसिनालाई मृत्युदण्डको सजाय

२०८२, मंसिर २ सोमवार

  • 577
    SHARES

  • बंगलादेशको अदालतले सुनायो शेख हसिनालाई मृत्युदण्डको सजाय

    बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

    गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप उनीमाथि लागेको थियो। भारतमा निर्वासनमा रहेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।

    न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ४५३ पृष्ठको फैसला सुनाउनुअघि यसलाई ६ भागमा वाचन गरिने बताएका थिए। फैसलाको घोषणा बंगलादेश टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

    अभियोजन पक्षले गत जुनमा शेख हसिनासहित तीन जनाविरुद्ध आधिकारिक रूपमा पाँचवटा आरोपहरू दायर गरेको थियो। यसै आधारमा न्यायाधिकरणले शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमा खान कमलविरुद्ध पक्राउ पूर्जी पनि जारी गरेको थियो। -एजेन्सी । 

    २०८२, मंसिर २ सोमवार०५:१६:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार