एमालेलाई देखाईदिने भन्दै कुर्लिए रावल, आफैं भने परीक्षाको जोखिममा

एमालेलाई देखाईदिने भन्दै कुर्लिए रावल, आफैं भने परीक्षाको जोखिममा

२०८२, मंसिर ८ आइतवार

  • 457
    SHARES

  • एमालेलाई देखाईदिने भन्दै कुर्लिए रावल, आफैं भने परीक्षाको जोखिममा

    कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी ताजा जनदेशको लागि तयार अवस्थामा रहेको बताएका छन् ।

    आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने भन्दै आफूहरू तयारी अवस्थामा रहेको बताएका हुन् । सरकारले निर्वाचनको लागि उपयुक्त वातावरण बनाउनु पर्नेमा उनले जोड दिएका थिए ।

    ‘ताजा जनादेशको लागि हामी तयारी अवस्थामा छौँ । फागुन २१ गते हुने निर्वाचन स्वच्छ र भयरहित अवस्थामा सम्पन्न गराउन सरकारले त्यो अनुसारको वातावरण बनाउनु पर्छ । अझै त्यस्तो वातावरण बनिसकेको छैन ।’

    कारागारबाट फरार कैदीहरू अझै सम्पर्कमा नरहेको, हतियार तथा गोलीहरू बरामद नभएको भन्दै निर्वाचनको वातावरण बन्न नसकेको उनको भनाइ थियो ।

    ‘कैदी बन्दी फरार छन्, गोली हतियार नियन्त्रणमा आएका छैनन् । सरकारले त्यसमा ध्यान दिनुपर्छ । सबै गतिविधिहरुमा सरकारले चासो राखेर निर्वाचनको सुनिश्चित गराउनु पर्छ । त्यो अवस्थामा नेपाली जनताले नेपाली कम्युनिस्ट पार्टीलाई अत्यधिक मत दिने छन्’ रावलको भनाइ थियो ।

    मंसिर १२ बाट सुरू हुने एकता सन्देश सभाले पनि देशभर पार्टीको जनलहर अझै बढाउने उनको दाबी थियो । एकता सन्देश सभाको सुरुवात धनगढीबाट हुन गइरहेको भन्दै त्यसमा तीव्र तयारी भइरहेको उनले बताए ।

    धनगढी रङ्गशालामा साढे १२ बजे सुरू हुने सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल तथा अन्य घटकका नेताले सम्बोधन गर्ने उनले बताए । सभाको लागि रावलको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनाइएको छ ।

    रावल नेकपा एमालेको दशौं महाधिवेशन पश्चात निष्किृय जस्तै थिए । १० -१३ मंसिर २०७८ मा चितवनको सौराहामा सम्पन्न महाधिवेशनमा रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्दै २२३ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी केपी शर्मा ओलीले १ हजार ८ सय आठ मतका साथ निर्वाचित भए ।

    तत्पश्चात पार्टीमा निरन्तर विष बमन गर्दै हिँडेका रावललाई पार्टीले निष्कासन सम्म गरेको थियो । हालै पुर्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सँग एकिकृत हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भए पनि प्रचण्ड स्वयं भने रावलको शैलीबाट चिन्तित बनेका पाईएको छ ।

    'पार्टीमा मुख्य ६ नेतामा सबै एमाले पक्षधर त्यसमा पनि रावल जस्ता अप्ठ्यारालाई पार्टीमा भित्रयाएर आफुले गलत गरेको महशुस प्रचण्डले आफु निकटका सँग गर्न थालेका छन्,' स्रोतले जनायो । 

    २०८२, मंसिर ८ आइतवार०३:०५:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार