एमाले काठमाडौंबाट ४८ का लागि २८० को उमेद्वारी, युवा क्लष्टरमा आकर्षण

एमाले काठमाडौंबाट ४८ का लागि २८० को उमेद्वारी, युवा क्लष्टरमा आकर्षण

२०८२, मंसिर १२ बिहिवार

  • 2.0K
    SHARES

  • एमाले काठमाडौंबाट ४८ का लागि २८० को उमेद्वारी, युवा क्लष्टरमा आकर्षण

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि काठमाडौंका दशवटौ निर्वाचन क्षेत्रबाट प्रतिनिधि बन्नका लागि खुल्ला, महिला र युवा बेग्लाबेग्लै क्लस्टरबाट उम्मेदवारी परेको छ । देशकै राजधानी काठमाडौंबाट ४८ प्रतिनिधिले महाधिवेशनमा भागलिन पाउनेमा २ सय ८० जनाको उमेदवारी परेको छ । दर्ता गर्ने मध्ये झण्डैं ३० प्रतिशतको हाराहारीमा युवा उमेदवारले प्रतिनिधि फारम भरेका छन् । 

    यसअघिका महाधिवेशनमा महिला, दलित लगायत विशेष क्षेत्रबाट महाधिवेशनमा भाग लिने विशेष व्यवस्था गरिए पनि २०८१ को पहिलो विधान महाधिवेशनले वडा तहबाटै युवा सहभागिता सुनिश्चित गरेकाले केन्द्रीय महाधिवेशनमा पनि सो क्लष्टरमा उल्लेख्य आकर्षण बढेको हो ।

    जनवर्गिय संगठनमा रहेका केन्द्रीय पदाधिकारी तथा सदस्य एवं निर्वाचन क्षेत्रका गतिशिल युवाले उमेदवारी दर्ता गराएसँगै एमाले नेतृत्वपंक्ति समेत उत्साहित देखिएको छ । यसै अन्तर्गत राजधानीको निर्वाचन क्षेत्र नं १ मा प्रकाश गौतम, रुपक लुईटेल, अजय जंग शाही, सफल श्रेष्ठ, हरि श्रेष्ठ, खिलचन्द्र गौतम र समुन्द्र तिमल्सिनाले उमेदवारी दर्ता गराएका छन् ।

    यो क्षेत्र कुनै न कुनै रुपमा सँधै चर्चाको शिखरमा रहने क्षेत्र समेत मानिन्छ । अन्यमा पनि युवाको उल्लेख्य सहभागिता रहेको छ । सबैभन्दा बढी उमेदवारी क्षेञ नं ४ मा परेको छ, जहाँ ५१ जनाले उमेलवारी दर्ता गरेका छन् । महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।   

    उमेदवारी सूची:

    1.jpg22.jpg3333.jpg4444.jpg5555.jpg666.jpg7.jpg8.jpg9.jpg10.jpg11.jpg21.jpg

    २०८२, मंसिर १२ बिहिवार११:१०:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार