आज रास्वपा र विवेकशीलबीच एकता घोषणा हुँदै

आज रास्वपा र विवेकशीलबीच एकता घोषणा हुँदै

२०८२, मंसिर १५ आइतवार

  • 509
    SHARES

  • आज रास्वपा र विवेकशीलबीच एकता घोषणा हुँदै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

    २०८२, मंसिर १५ आइतवार०९:४०:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार