चार वर्षपछि भारत पुगे पुटिन

चार वर्षपछि भारत पुगे पुटिन

२०८२, मंसिर २० शुक्रवार

  • 601
    SHARES

  • चार वर्षपछि भारत पुगे पुटिन

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ४ वर्षपछि भारत भ्रमणका लागि पुगेका छन्। रुस-युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक पुटिन भारत भ्रमणमा आइपुगेका हुन्।

    उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै एयरपोर्ट पुगेका थिए। प्रधानमन्त्री मोदीले गएको राति उनको सम्मानमा रात्रि भोजको आयोजना गरेका छन्।

    पुटिन करिब ३० घन्टा भारतमा रहने छन्। पुटिन भारत पुग्नुअघि रुसका धेरै मन्त्रीहरु दिल्ली आइपुगेका थिए। जसमा उपप्रधानमन्त्री डेनिस मान्तुरोव, रक्षा मन्त्री सर्गेइ सोइगो, कृषिमन्त्री दिमित्री पेट्रोवलगायत रहेका छन्।

    भारतमा रहँदा पुटिनले ठूलो मात्रामा भारतसँग रक्षा सम्झौता गर्न सक्ने जनाइएको छ। साथै भारतले रसियासँग खरिद गरिरहेको पेट्रोलियम पदार्थलाई निरन्तरता दिनका लागि पुटिनले पहल गर्नेछन्।

    साथै दुई देशबीच आर्थिक अवस्था बलियो बनाउन व्यापारिक साझेदारीलाई थप मजबुत बनाउने सहमति हुन सक्ने जनाइएको छ।

    २०८२, मंसिर २० शुक्रवार०९:०३:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार