प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

२०८२, मंसिर २० शुक्रवार

  • 533
    SHARES

  • प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

    काठमाडौँ। आज सर्वपक्षीय बैठक बस्दै छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको हो ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।

    बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

    २०८२, मंसिर २० शुक्रवार०९:१५:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार