डा. कोइराला सहित मोरङका ६ वटै क्षेत्रबाट काँग्रेस उम्मेदवार सिफारिस

डा. कोइराला सहित मोरङका ६ वटै क्षेत्रबाट काँग्रेस उम्मेदवार सिफारिस

२०८२, मंसिर २५ बुधवार

  • 525
    SHARES

  • डा. कोइराला सहित मोरङका ६ वटै क्षेत्रबाट काँग्रेस उम्मेदवार सिफारिस

    बिराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।

    नेपाली कांग्रेस मोरङ जिल्लाका अनुसार मोरङ क्षेत्र नम्बर ३ र ६ बाट प्रत्यक्षतर्फका लागि डा.सुनिल शर्मा र डा. शेखर कोइरालाको नाम सिफारिस भएको हो ।

    मोरङका सचिव मोदराज घिमिरेका अनुसार ५ नम्बर क्षेत्रबाट नाम आउन बाँकी भए पनि बाँकी क्षेत्रका करिब सबैको नाम तय भएको र आज जिल्लामा आउने जानकारी दिए ।

    सचिव घिमिरेले क्षेत्र नम्बर ५ बाट संभवतः बुधबार बेलुकासम्म नाम सिफारिस हुन सक्ने बताए । क्षेत्रीय समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्ने प्रावधान रहेको बताएका सचिव घिमिरेले क्षेत्र नम्बर ६ र ३ बाट भने सर्वसम्मत रुपमा दुवै जनाको नाम सिफारिस भएको जानकारी दिए ।

    यस क्रममा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा मोरङ सभापति डिगबहादुर लिम्बू, उर्लाबारीका पूर्वमेयर तथा प्रदेश महासमिति सदस्य खड्ग फागो र महिलातर्फ केराबारी गाँउपालिकाकी दिब्या बस्नेतलगायतको नाम सिफारिस भएको छ ।

    क्षेत्र नम्बर २ बाट तत्कालिन प्रतिनिधि सभासदस्य डा. मीनेन्द्र रिजाल, कोशी प्रदेशका पूर्व प्रदेश सभासदस्य शिवनारायण सिंह गनगाइ रहेका छन् ।

    त्यसैगरी, यस क्षेत्रबाट समानुपातिकबाट सुजाता कोइराला र गोपालराज भण्डारीको सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट डा. सुनिल उर्माको एकल नाम सिफारिस भएको छ ।

    सोही क्षेत्रबाट समानुपातिकमा भने बसन्त भट्टराईलगायतको नाम क्षेत्रबाट सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट भने महेश आचार्य, दिलिप गच्छदार, गुरु घिमिरे, विनोद बस्नेतको नाम सिफारिस भएको सचिव घिमिरेले जानकारी दिए ।

    सो क्षेत्रबाट समानुपातिकतर्फ जिल्ला उपसभापति भक्तिनाथ माझी, विश्वनाथ रिजाल लगायतको नाम सिफारिसमा परेको छ । सोही क्रममा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले भने बेलुकासम्म नाम सिफारिस गर्ने उनको भनाई छ ।

    यद्धपि, यस क्षेत्रमा हसन अन्सारी, कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, फुलकुमार लालवानी र फैयाज राइनलगायतको नाम चर्चामा रहेको छ ।

    त्यसैगरी, क्षेत्र नम्बर ६ मा भने पार्टीको १५ औं महाधिवेशनका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको नाम सिफारिस भएको छ । यस क्षेत्रबाट समानुपातिकतर्फ डा. डीला संग्रौला, रुक्मिणी कोइराला, प्रमिला गच्छदार, डा. सीता पोखरेल घिमिरे र मृदुला कोइरालाको नाम सिफारिस भएको हो ।

    सचिव घिमिरेले सबै ६ वटा क्षेत्रबाट सिफारिस भएका नामहरु जिल्लालाई प्राप्त भएपछि केन्द्रीय समितिमा पठाइने जानकारी दिए ।

    २०८२, मंसिर २५ बुधवार१०:१८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार