रवि र छविको मुद्दा आज पनि स्थगित

रवि र छविको मुद्दा आज पनि स्थगित

२०८२, मंसिर २६ बिहिवार

  • 585
    SHARES

  • रवि र छविको मुद्दा आज पनि स्थगित

    काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि अदालतले हेर्न नमिल्ने सूचीमा राख्दै स्थगित गरिएको छ।

    न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको यो मुद्दा कात्तिक १३ देखि लगातार सारिँदै आएको छ।

    बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा यसअघि दुईपटक लामिछाने पक्षका कानुनी व्यवसायीको निवेदनका कारण र पछिल्लो पटक सार्वजनिक बिदाका कारण सारिएको थियो।

    २०८२, मंसिर २६ बिहिवार०४:२३:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार