काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको बताएका छन्।
नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले जेन–जी आन्दोलनका क्रममा नेपालमा ऐतिहासिक सम्पत्ति, विभिन्न राजनीतिक दलका कार्यालयहरू जलाइएको बताए। उनले ती अपराधिक क्रियाकलाप गर्नेहरुलाई समयले माफ नगर्ने बताए।
यस्तै, उनले प्रमुख राजनीतिक दलहरु कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्दै राजनीतिक दलहरु मजबुत हुनुपर्नेमा जोड दिए।
बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उनको भनाइ थियो।
उनले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई संही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे।