एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता

२०८२, मंसिर ३० सोमवार

  • 477
    SHARES

  • एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता

    काठमाडौं। काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

    नेतृत्व चयनका लागि आवश्यक परे मतदान समेत गर्ने भनेर सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । लगत्तै दिउँसो १:३० बजेसम्म उम्मेदवारहरुको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।

    केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

    उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।

    भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उदघाटन भएको एमालेको एघारौं महाधिवेशनको बन्दसत्र २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

    महाधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी जम्मा १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । 

    २०८२, मंसिर ३० सोमवार०८:१५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार