काठमाडौँ । नेकपा एमालेको स्थगित मतदान आज हुने भएको छ। अहिले बिहान ८ बजेदेखि सुरु गर्ने गरी हिजो मतदान स्थगित भएको थियो ।
विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या देखिएपछि मतदान हुन नसकेको हो। केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।
१९ पदाधिकारीसहित कुल ३०१ सदस्यका लागि मतदान हुनेछ।
मतदानमा २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी हुनेछन्।