इस्वी संवत्‌को नयाँ वर्ष २०२६ सुरु

इस्वी संवत्‌को नयाँ वर्ष २०२६ सुरु

२०८२, पौष १७ बिहिवार

  • 685
    SHARES

  • इस्वी संवत्‌को नयाँ वर्ष २०२६ सुरु

    काठमाडौं । आजबाट इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

    विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

    ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

    यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

    इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

    २०८२, पौष १७ बिहिवार०९:०४:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार