काँग्रेस विशेष महाधिवेशनः सहमति नभए निर्वाचन प्रक्रिया अगाडि बढाइने

काँग्रेस विशेष महाधिवेशनः सहमति नभए निर्वाचन प्रक्रिया अगाडि बढाइने

२०८२, पौष २९ मंगलवार

  • 485
    SHARES

  • काँग्रेस विशेष महाधिवेशनः सहमति नभए निर्वाचन प्रक्रिया अगाडि बढाइने

    काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ ।

    मङ्गलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

    दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भन्नुभयो ।

    उहाँले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

    संस्थापन पार्टी सभापति शेरबहादुर देउवा समूहले वार्ता समिति बनाएसँगै सहमति हुन सक्ने अनुमान पनि गरिएको छ । 

    २०८२, पौष २९ मंगलवार०८:५७:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार