काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
पार्टीभित्रको आन्तरिक विवाद र विशेष महाधिवेशनपछि उत्पन्न परिस्थितिका बीच बोलाइएको यस बैठकमा सहभागी हुन नेताहरू सानेपा पुगेका हुन्।
भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको र निर्वाचन आयोगले समेत त्यसलाई आधिकारिकता दिएको सन्दर्भमा संस्थापन पक्षले यस बैठकलाई विशेष महत्त्वका साथ हेरेको छ।