काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति खलबल्याउन जेन्जी आन्दोलन घटाईएको दोहोर्याएका छन् ।
शुक्रवार एमाले राजधानी प्रदेश कमिटीको घोषणा सभामा ओलीले सो कुरा जनाएका हुन् । जेन्जीको आवरणमा न्यायकर्मी सहित देशैभर डर, त्रासमा बॉच्न विवश भएको अवस्था छ । तसर्थ देशको पहरेदार एमालेले जनतासँग घुलमिल भएर उनीहरुकै सेवामा तल्लिनरहन समेत निर्देशन गरेका छन् ।
एमाले वागमती प्रदेश कमिटीका १३ जिल्ला मध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर समेत तीन जिल्ला र उपत्यका विशेष प्रदेश अन्तर्गतका पेशागत, मजदुर, युवाविद्यार्थी र उद्योगी व्यवसायी सहितका चार जिल्ला समेटेर पार्टीको आठौं प्रदेश कमिटीको रुपमा राजधानी प्रदेश निर्माण गरिएको छ ।
हाल १५३ सदस्यीय कमिटीको घोषणा गरेको राजधानी एमालेले उपत्यकाका २४७ वटा वडा, ७९ गाउँ र नगर र १५ वटा निर्वाचन क्षेत्रमा केन्द्रीत भएर पार्टी काम गर्ने नवगठित कमिटीका अध्यक्ष नारायण सिलवालले जनाए ।
सिलवाल सहित उपाध्यक्षमा ललितपुरबाट निर्तमान सांसद प्रेम महर्जन, सचिव पेशागतबाट मिलन धरेल, उपसचिवमा भक्तपुरबाट शशिजंग थापा र मजदुर क्षेत्रबाट बेलीमाया घले रहेका छन् । घोषणा सभामा तीनै जिल्ला सहित विशेष क्षेत्रका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सँधै लम्बेतानको पार्टी कार्यक्रमलाई कामयावी, छिटो, छरितो र परिणाममुखी बनाउन सक्ने अनुमान समेत भेलाले देखाएको छ । अध्यक्ष ओली सम्बोधन गरेर बाहिर निस्किए लगत्तै ड्यासमा उक्लिएका केन्द्रीय सचिव तथा राजधानी इन्चार्ज राजन भट्टराई, उपाध्यक्ष रघुजी पन्त, धन्यवाद ज्ञापन र सभाध्यक्षको सम्बोधन समेत थप ६ मिनट भित्रै समापन भएको थियो ।
एमालेमा कार्यकर्ताको पंक्ति अत्यन्तै अनुशासित, संयमित र संगठित रहेका अध्ययनले देखाएका छन् । त्यस्तै, नेताहरुका बेलगामका बोली र व्यवहार भने पटक पटक कार्यकर्ताको चित्त दुखाउने साधन बनिरहेका अध्ययनशास्त्री रमेश ढकालले जनाए ।