झापा ४ मा एमालेले मनोज ताम्लीलाई ब्याक गर्दै एलपी सावालाई नै दियो टिकट

झापा ४ मा एमालेले मनोज ताम्लीलाई ब्याक गर्दै एलपी सावालाई नै दियो टिकट

२०८२, माघ ५ आइतवार

  • 781
    SHARES

  • झापा ४ मा एमालेले मनोज ताम्लीलाई ब्याक गर्दै एलपी सावालाई नै दियो टिकट

    दमक । नेकपा एमालेले झापा ४ बाट एलपी साँवालाई उम्मेदवार बनाउने भएको छ ।

    शनिवार मध्यरातमा सम्पन्न सचिवालय बैठक पछि सार्वजनिक भएको उमेदवारको लिष्टमा पार्टीका युवा केन्द्रीय सदस्य मनोज ताम्लिको नाम सार्वजनिक भएतापनि झापा ४ बाट एलपी साँवा नै उम्मेदवार हुने एमाले श्रोतले जनाएको छ ।

    साँवाले यस अघिपनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन जितेका थिए । केन्द्रमा उनको नाम काटिरहँदा साँवा भने चन्द्रडाँगी स्थित एक सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडाको कपडा बाँड्न व्यस्त थिए ।

    प्रष्ट तथा हक्की स्वभावका साँवा क्षेत्रमा अधिक रुचाइएका उमेदवार मध्येमा पर्ने भएकै कारणले क्षेत्रको सिफारसमा १ नं मै नाम सिफारिस भएको थियो ।

    तर, अध्यक्ष ओलीले कुरा लगाउने नेता कार्यकर्ताको कुरा सुनेर साँवाको टिकट खोसिएको भन्दै व्यापक गुनासो र असन्तुष्टि बढे पछि साँवालाई नै टिकट थमाउन बाध्य भएको हो । 

    साँवा २०७४ र २०७९ मा लगातार दुई पटक सोही क्षेत्रबाट विजय भएका थिए २०७० सालको निर्वाचनमा भने तत्कालिन नेपाली कांग्रेसका उमेदवार केशव कुमार बुढाथोकीसँग २४० मतान्तरले मात्र पराजित भएका थिए ।

    साँवाले टिकट पाएसँगै क्षेत्र नं ४ एमालेले खुशी व्यक्त गरेको छ भने कार्यकर्ता पंक्ति पनि उत्साहित देखिएका छन् ।

    २०८२, माघ ५ आइतवार०७:२९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार