पाल्पा २, रामबहादुर राउतको टिकट खोसियो, ठाकुर गैरे उम्मेदवार

पाल्पा २, रामबहादुर राउतको टिकट खोसियो, ठाकुर गैरे उम्मेदवार

२०८२, माघ ७ मंगलवार

  • 525
    SHARES

  • पाल्पा २, रामबहादुर राउतको टिकट खोसियो, ठाकुर गैरे उम्मेदवार

    काठमाडौं । नेकपा (एमाले) ले पाल्पा २ मा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले रामबहादुर राउतलाई दिएको टिकट परिवर्तन गरी युवा नेता ठाकुर गैरेलाई नै अघि सारेको हो ।

    गैरे यसअघि निर्वाचित सांसद हुनुहुन्छ । गैरेलाई टिकट नदिएपछि पार्टीभित्र चर्को आलोचना भएको थियो ।

    शुरुमा यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेल, फेरि राउत र अहिले गैरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    २०८२, माघ ७ मंगलवार०९:५६:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार