विश्वकप खेल्न भारत नगए बंगलादेशको ठाउँमा अर्को देशलाई मौका दिने आईसीसीको निर्णय

विश्वकप खेल्न भारत नगए बंगलादेशको ठाउँमा अर्को देशलाई मौका दिने आईसीसीको निर्णय

२०८२, माघ ९ बिहिवार

  • 465
    SHARES

  • विश्वकप खेल्न भारत नगए बंगलादेशको ठाउँमा अर्को देशलाई मौका दिने आईसीसीको निर्णय

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश टी-२० विश्वकप खेल्न भारत नगए अर्को देशलाई मौका दिने निर्णय गरेको छ ।

    विश्वकप खेल्न भारत नजाने बंगलादेशको अडानपछि बुधवार बसेको आईसीसीको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय गर्न आईसीसीमा मतदानसमेत भएको थियो । बहुमत बोर्ड सदस्यले अर्को देशलाई मौका दिनुपर्ने मत जाहेर गरेपछि आइसीसी उक्त निर्णयमा पुगेको हो ।

    आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा खेल्ने आफ्नो अडानमा फर्कन थप एक दिन दिएको छ । उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।

    ईएसपीएन क्रिकइन्फोकाअनुसार बंगलादेशको ठाउँमा स्कटल्याण्डले अवसर पाउने सम्भावना छ । स्कटल्याण्ड युरोपेली छनोटमा नेदरल्याण्ड्स, इटाली र जर्सी पछि परेको कारण २०२६ को टी-२० विश्वकपको लागि छनोट हुन असफल भएको थियो ।

    भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो । बीसीआईको निर्देशनमा यो कदम चालिएको थियो, जसको कारण स्पष्ट गरिएको छैन, तर दुई देशबीचको सम्बन्ध हालै तनावपूर्ण बनेको छ ।

    मुस्ताफिजुर हटाइएपछि बंगलादेश सरकारले देशमा आईपीएलको प्रसारण प्रतिबन्ध लगायो र बीसीबीले आईसीसीलाई पत्र लेख्दै विश्वकपका खेलहरू भारतमा नखेल्ने बताउँदै आएको छ ।

    टी-२० विश्वकप भारत र श्रीलंकामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ । बंगलादेशको समूह चरणका पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुने तालिका छ । -एजेन्सी । 

    २०८२, माघ ९ बिहिवार०७:०४:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार