अघिल्लो निर्वाचनमा ३५६ मत पाएका नागरिक अगुवा युग पाठक नेकपा प्रवेश

अघिल्लो निर्वाचनमा ३५६ मत पाएका नागरिक अगुवा युग पाठक नेकपा प्रवेश

२०८२, माघ ११ शनिवार

  • 497
    SHARES

  • अघिल्लो निर्वाचनमा ३५६ मत पाएका नागरिक अगुवा युग पाठक नेकपा प्रवेश

    काठमाडौँ । नागरिक अगुवा एव् लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

    शनिबार बिहान उनी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पुगेर पार्टी प्रवेश गरेका हुन्। पाठकलाई प्रचण्डसँगै सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वेदुराम भुसाल, पम्फा भुसाल, रञ्जिता श्रेष्ठलगायतले स्वागत गरेका थिए।

    प्रचण्डले पाठकलाई स्वागत गर्दै खुसी र गर्वको महसुस भएको बताए। उनले राजनीतिलाई विचारका रुपमा अगाडि बढाउन पाठक योग्य व्यक्ति भएकोसमेत बताएका थिए।

    पाठक यसअघि २०७९ को आम निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा– ५ बाट चुनाव लडेर ३५६ मत मात्र प्राप्त गरेका थिए। उनका उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन्।

    २०८२, माघ ११ शनिवार१२:३३:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार