सर्वोच्च अदालत: ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

सर्वोच्च अदालत: ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

२०८२, माघ १५ बुधवार

  • 669
    SHARES

  • सर्वोच्च अदालत: ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताउनुभयो ।

    “संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु”, प्रवक्ताले कोइरालाले भन्नुभयो, “२० गते साधारण तारेख रहेको छ ।” अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन् ।

    २०८२, माघ १५ बुधवार०६:४५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार