आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

२०८२, माघ १५ बुधवार

  • 721
    SHARES

  • आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ । 

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । 

    मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ । 

    २०८२, माघ १५ बुधवार०६:५७:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार