स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा छौं - प्रधानमन्त्री कार्की

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा छौं - प्रधानमन्त्री कार्की

२०८२, माघ २२ बुधवार

  • 593
    SHARES

  • स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा छौं - प्रधानमन्त्री कार्की

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गर्नुभएको छ । 
     
    यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
     
    केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् । 
     
    स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

    २०८२, माघ २२ बुधवार०५:२४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार