घाँटीमा सिरिन्ज प्रहारबाट झापामा एकजनाको हत्या

घाँटीमा सिरिन्ज प्रहारबाट झापामा एकजनाको हत्या

२०८२, माघ २४ शुक्रवार

  • 597
    SHARES

  • घाँटीमा सिरिन्ज प्रहारबाट झापामा एकजनाको हत्या

    विराटनगर । झापाको भद्रपुर नगरपालिका-१० धनुषमोडमा घाँटीमा सुई रोपेर हत्या गरिएको छ । बिहीबार साँझ ६४ वर्षीय खेमराज ढकालको सिरिन्जले घोचेर हत्या गरिएको हो ।

    सिरहा विष्णुपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले ढकालको घरमा गएर सुईले घोचेर गम्भीर घाइते बनाएका थिए । तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएका ढकालको उपचारको क्रममा मृत्यु भएको हो । 

    ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । दिनेशकुमार सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

    घटनाको अनुसन्धान भइरहेको भन्दै खड्काले कारण खुल्न बाँकी रहेको बताए ।

    २०८२, माघ २४ शुक्रवार०८:५९:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार