नेपाली कम्युनिष्ट भन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्ः दाहाल

नेपाली कम्युनिष्ट भन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्ः दाहाल

२०८२, माघ २४ शुक्रवार

  • 481
    SHARES

  • नेपाली कम्युनिष्ट भन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्ः दाहाल

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन्।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरेका हुन्।

    काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एक मात्र पार्टी आफ्नो भएको जिकिर गरे। राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गरे।

    दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पारे।

    ‘नयाँ र पुरानाका कुरा छन्। आजभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरुलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ। नेपालमा हामीभन्दा नयाँ कोही पनि छैनन्। नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो। नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो,’ उनले भने, ‘दलाल र विचौलियाहरुको गुणगान गाउने ती चाहिँ नयाँरु नयाँ केलाई भन्नेरु जसको विचार, एजेण्डा नयाँ छ त्यही नयाँ हो।’

    २०८२, माघ २४ शुक्रवार०७:३८:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार