काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिँदैछ।
फागुन कृष्ण एकादशीदेखि आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोष ले औँसीका दिन बिदाइ गर्ने परम्परा छ।
यस वर्ष बिदाइका लागि संस्थानले करिब ३० लाख रुपैयाँ र कोषले आठ लाख रुपैयाँ बजेट छुट्याएका छन्। साधुसन्तलाई स्तरअनुसार ५ हजार १ रुपैयाँदेखि १०१ रुपैयाँसम्म दक्षिणा दिइनेछ। करिब चार हजार साधुसन्त पशुपति परिसरका विभिन्न मठ र अखडामा बसेका छन्।
यसैबीच, शिवरात्रि मेलापछि पशुपति क्षेत्रमा फोहर थुप्रिएको भन्दै आलोचना भएको छ। कोषले भने सफाइ कार्य तीव्र पारिएको र छिट्टै पूर्ण रूपमा व्यवस्थापन गरिने जनाएको छ।