अनेरास्ववियुद्धारा बालेनको पुतला दहन

अनेरास्ववियुद्धारा बालेनको पुतला दहन

२०८२, फाल्गुण ८ शुक्रवार

  • 385
    SHARES

  • अनेरास्ववियुद्धारा बालेनको पुतला दहन

    काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको पुतला दहन गरेको छ।

    नेकपा एमालेको झण्डा जलाइएको विरोधमा अनेरास्ववियुले शुक्रबार साँझ काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि साहको पुतला दहन गरेको हो।

    झण्डा जलाउने कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ। बिहीबार दाङमा केही युवाले एमालेको झण्डा जलाएका थिए।

    आफ्नो पार्टीको झण्डा जलाएको आरोपमा अनेरास्ववियु तथा युवा संघले देशैभर संयुक्त रुपमा मसाल जुलुस तथा रास्वपा नेता बालेन्द्र शाह र रवी लामिछानेको पुत्ला दहन गरेका हुन् ।

    एमालेको झण्डा रास्वपाका कार्यकर्ताले जलाएको आरोप छ। यद्यपि रास्वपाले सो आरोपको खण्डन गरेको छ । 

    २०८२, फाल्गुण ८ शुक्रवार०९:२६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार