काँग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ: डा शेखर कोइराला

काँग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ: डा शेखर कोइराला

२०८२, फाल्गुण १२ मंगलवार

  • 437
    SHARES

  • काँग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ: डा शेखर कोइराला

    मोरङ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नंं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले काँग्रेसले जितेमात्रै धर्म, संस्कृति जोगिने बताउनुभएको छ ।

    कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताउँदै धर्म, संस्कृति, संस्कार र सभ्यतामाथिको प्रहार रोक्न काँग्रेसको जित जरुरी रहेको बताउनुुभयो । धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुने उहाँको भनाइ थियो ।

    नेपाली काँग्रेस बुढीगङ्गा गाउँपालिकाको घरदैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्पराको महत्व रहेको बताउनुुभयो ।

    २०८२, फाल्गुण १२ मंगलवार०७:१३:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार