काठमाडौं ३ का मतदाता भन्छन्- पपुलिजम स्वस्थ मनोरन्जन, गतिशिललाई हाम्रो भोट

काठमाडौं ३ का मतदाता भन्छन्- पपुलिजम स्वस्थ मनोरन्जन, गतिशिललाई हाम्रो भोट

२०८२, फाल्गुण १४ बिहिवार

  • 901
    SHARES

  • काठमाडौं ३ का मतदाता भन्छन्- पपुलिजम स्वस्थ मनोरन्जन, गतिशिललाई हाम्रो भोट

    काठमाडौं । आसन्न फागुन २१ को निर्वाचन नजिकिए सॅगै मतदाता चनाखो बन्न थालेका पाइएको छ । पपुलिजम भर्सेज नीतिगत एवं संस्थागत सुधारको लडाईँमा कसले बाजी मार्छ, नतिजाका लागि कम्तिमा पनि फागुन २३ पर्खनु पर्ने हुन्छ । तर, केही छनक भने मतदाताले घरदैलोका क्रममा व्यक्त गर्न थालेका छन् । 

    बुधवार काठमाडौं क्षेत्र नं ३ बौद्धमा नेकपा एमालेका उमेदवार रामेश्वर फुँयालको घरदैलो अभियानको क्रममा पुग्दा पपुलिजमलाई स्वस्थ मनोरञ्जनको रुपमा लिने र यस अघिका काम कारवाहीमा थोरै भएपनि नीतिगत सुधार पक्षधरलाई नै आफ्नो मतरहने प्रष्ट जनाऊ दिएका छन् ।

    22.jfif

    प्रष्ट योजना, कार्यनीति र रणनीति नबनाई हचुवाको भरमा रुद्रमति अर्थात धोविखोला खोतल्दा पपुलिजम क्षणिक वाहवाही र चर्चाका लागि मात्र काम गर्ने तर दिर्घकालिन रुपमा पछुताउनु पर्ने अवस्था बन्न नहुनेमा आफु प्रष्ट रहेको धारणा राखेका थिए । 

    अघिल्लो दिनमा जोरपाटी क्षेत्रमा सोही धारणा राखेका मतदाताले एकै किसिमका धारणा दोहोर्याएकामा भने अबको राजनीतिक धार सोही किसिमले बग्ने अनुमान समेत लगाइएको छ । 

    सहरी पुर्वाधार विकासका संवाहक मानिने फुँयाललाई उमेदवारको रुपमा पाउँदा आफुहरु हर्षित भएको धारणा समेत उनीहरुको छ ।

    3333.jfif

    तत्कालिन गाविसहरु गागल, डाँछी, थली, इन्द्रायणी, भद्रवास, नयाँपाटी, सुन्दरीजल लगायतलाई समेटेर पुर्व- उत्तर चक्रपथ निर्माण गरि जिल्लाको पुर्व उत्तर तर्फको सुन्दर पर्यटकीय नगरीको रुपमा विकास गर्ने र जोरपाटी, बौद्धका साझा समस्या ढल, खानेपानी, रोजगारलाई पहिलो प्राथमिकतामा राख्दै पर्यटक हब बनाउन थुप्रै काम गर्न सकिने सम्भावना र वाचा सुनाउँदा गतिशिलता कायम राख्न स्थानियले सुझाव दिएका थिए ।

    २०७० सालको निर्वाचनमा संविधान सभा सदस्यको रुपमा जित हासिल गरेका फुँयालले विकासका क्षेत्र र अग्रगामी सुधारका लागि मत मागेका थिए । डाँछी, थली, सुन्दरीजल लगायतका स्थानबाट शहर प्रवेश गरेका मतदाताले फुँयालको गतिशिलता र रचनात्मकतानै आगामी निर्वाचन जित्न सक्ने आधार रहेको बताए ।

    4.jfif

    बामवन्थी बाहुल्यको रुपमा चिनिने यस क्षेत्रमा फुँयालको उमेदवारी सँगै कार्यकर्ता समेत उत्साहित देखिएका छन् । निवर्तमान पोलिटव्युरो सदस्य कृष्ण राई, उद्धव विष्ट, कमल रेग्मी, उद्धव भण्डारी, सान्ति श्रेष्ठ, विश्वराज श्रेष्ठ, विदुर चालिसे, एकराज लकान्द्री, पञ्चकृष्ण श्रेष्ठ, स्थानिय शिक्षाकर्मी हरिकृष्ण श्रेष्ठ, बिरेन्द्र लामा, चन्द्रमान लामा, युवा ज्योति लामा, सदावहार रुपमा रहेका दृढ कार्यकर्ताको लामो पंक्तिका कारण एमालेले आफ््नो निश्चित विजय हासिल गर्ने क्षेत्रको स्पमा गणना गरेको जनाएको छ । 

    त्यस्तै, फुँयाललाई नयाँ शहरी जनमतले समेत उत्तिकै रुचाएका अध्ययनले देखाएका छन् । पपुलिजमको आयु लामो नहुने भन्दै युवाहरुको एउटा ठूलो पंक्तिनै एमाले प्रवेश गरेसँगै जेन्जी युवा समेत फुँयालसँग आशावादी देखिएका छन् । सरल जिवनशैली, स्वस्थ जिवनयापन, निष्ठा एवं इमान्दार सहितका पारदरशी र जवाफदेही जिम्मेवारी बहन उनका पुँजी हुन् । 

    8.jfif

    यस क्षेत्रबाट नेपाली कांग्रेसबाट रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजु पाण्डे, उज्यालो पार्टीबाट कुलमान घिसिंग लगायत प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा समानुपातिकतर्फ स्मृति लामा र लक्की शेर्पा रहेका छन् ।

    5.jfif7.jfif

    २०८२, फाल्गुण १४ बिहिवार०९:१०:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार