काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा गएराति सिंगापुर प्रस्थान गरेका छन्।
चुनाव आउन अब एक साता मात्र बाँकी रहेको संवेदनशील समयमा देउवा सिंगापुर उडेका हुन्।
सुरक्षा उच्च स्रोतका अनुसार उनी राति पौने १२ बजे आफ्ना सहयोगी भानु देउवासहित त्यसतर्फ लागेका हुन्।
देउवा निकट स्रोतले उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गएका दाबी गरिएको छ ।
यसअघि गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए।
यद्यपि हालको निर्वाचनमा उमेद्वार पनि नरहेका र पार्टीको पक्षमा मतदान गर्न अनिच्छुक भएकैले देउवाले चुनाव बहिष्कार गरेका अनुमान गरिएको छ ।