१०६ वर्षिय वृद्धा अणु थापाले डा भट्टराईलाई भनिन्,- 'बाबु तिम्रो इमान्दारितालाई कदर गर्छौं'

१०६ वर्षिय वृद्धा अणु थापाले डा भट्टराईलाई भनिन्,- 'बाबु तिम्रो इमान्दारितालाई कदर गर्छौं'

२०८२, फाल्गुण १४ बिहिवार

  • 3.2K
    SHARES

  • १०६ वर्षिय वृद्धा अणु थापाले डा भट्टराईलाई भनिन्,- 'बाबु तिम्रो इमान्दारितालाई कदर गर्छौं'

    काठमाडौं । एक समय यस्तो थियो की काठमाडौं -४ मा आगलागी, डुबान लगाएत कुनै घटना घट्यो भने डा राजन भट्टराई र गगन थापालाई एकैपटक सूचना प्रवाह गरिँदा दौडेर या त राजन घटनास्थलमा पुगेर समस्या समाधानका लागि पहल गर्दथे या त गगन ।

    अझ रोचक कुरा त नेकपा एमाले समर्थकले डा भट्टराई आएर तत्कालै समस्या समाधान गर्न पहल गरे भनेर समाचार प्रशारण गर्दथे भने नेपाली कांग्रेस समर्थकले थापाले विद्युतको गतिको चालमा समस्या समाधान गरे भनेर जनतामाझ आफु जनताका वास्तविक सेवकको रुपमा प्रस्तुत गर्दथे । विद्यार्थी राजनीतिबाट आएका राजन र गगन २०७४ र २०७९ मा आमनेसामने हुँदा दुईवटै निर्वाचनमा गगनले बाजी मारे । 

    ०७४ मा प्रतिस्पर्धा अलि कडा भए पनि ०७९ मा थापाले सहज रुपमा जितेका थिए । पार्टी भित्र लोकप्रिय र हाईप्रोफाइल बनाइसकेका गगनलाई हराउन भट्टराईको तत्कालिन प्रोफाइल पनि कम देखिएको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् ।

    42.jfif

    तर, 'राजनीतिमा थकाई भन्ने शव्दावली हुँदैन' भन्ने स्व. मदन भण्डारीको विचारबाट दिक्षितहुँदै अगाडी बढेका अन्तरराष्ट्रिय मामिलाका विश्लेषक डा भट्टराईले निर्वाचन क्षेत्रको विकासमा आफ्नो सामर्थ्यले भ्याएसम्म कुनै कसुर बाँकी राखेनन् । सडक, ढल निर्माण, खानेपानी, विद्युतका क्षेत्रमा भट्टराईले उल्लेख्य योगदान दिएका छन् ।

    शुरु अवस्थाका राजन भन्दा आजका राजनमा आकाशपातालको फरक परेको स्थानियको बुझाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अन्तरराष्ट्रिय विज्ञको रुपमा एक कार्यकाल सम्पन्न गरेका भट्टराई पार्टी राजनीतिको पनि उच्च तह अर्थात सचिवमा लोकप्रिय मतकासाथ निर्वाचित भएका छन् । 

    ०७० को दशक देखि नै क्षेत्रसँग सामिप्यता गाँस्दै अगाडी बढेका भट्टराईलाई बुढानिलकण्ठ- ९ निवासी १०६ वर्षिय वृद्धा अणु थापाले इमान्दारिताका साथ क्षेत्र विकासमा लागेकाले यसपटक डा भट्टराईको निष्ठा, समर्पण र इमान्दारितालाई कदर गर्ने बताइन् । वृद्धाले यसरी बताइरहँदा डा भट्टराई भावविव्हल देखिन्थे भने कार्यकर्तामाझ एकैछिन सन्नाटा छाएको थियो ।

    3.jfif

    बुधवार घरदैलोका क्रममा जनतामाझ पुग्दा जेन्जी आन्दोलन पश्चात समय अगावै हुन लागेको निर्वाचनले देशलाई स्थिरता दिनु पर्ने माग क्षेत्रबासीले राखेका छन् । सो क्रममा खुलेरै प्रश्न पनि गर्ने र मतदान पनि गर्ने उनीहरुको भनाइ छ । एमाले जस्तो शक्तिशाली पार्टीलाई अल्गोरिदमले कमजोर बनाउँदा किन भिड्ने सामर्थ्य नबनाएको भन्दै जेन्जी मतदाता किशोरी श्रेष्ठले प्रश्न गरिन् । 

    गगन थापाले सर्लाही ४ तिर पाइला सारेसँगै क्षेत्रगत रुपमा सबल र विज्ञ उमेदवार डा भट्टराईको पल्ला भारी हुने निर्वाचन प्रक्षेपणले जनाएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट सचिन तिमल्सिना, एमालेबाट डा राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम लगाएत चुनावी प्रतिस्पर्धामा छन् । 

    २०८२, फाल्गुण १४ बिहिवार०१:५२:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार