बिदामा पनि सर्वोच्च अदालत खुला रहने, बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइ 

बिदामा पनि सर्वोच्च अदालत खुला रहने, बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइ 

२०८२, फाल्गुण १९ मंगलवार

  • 361
    SHARES

  • बिदामा पनि सर्वोच्च अदालत खुला रहने, बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइ 

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ।

    विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।

    बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ।

    बन्दीप्रत्यक्षीकरणका रिटलाई संवेदनशिल मुद्धाका रुपमा लिने गरिन्छ । 

    २०८२, फाल्गुण १९ मंगलवार०५:३९:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार