चितवनस्थित नेपाल प्रहरी स्कुलमा प्रचण्डले गरे मतदान

चितवनस्थित नेपाल प्रहरी स्कुलमा प्रचण्डले गरे मतदान

२०८२, फाल्गुण २१ बिहिवार

  • 373
    SHARES

  • चितवनस्थित नेपाल प्रहरी स्कुलमा प्रचण्डले  गरे मतदान

    चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरेका हुन् ।

    प्रचण्डले आफैँलाई भोट हाल्न भने पाएनन् । उनले मतदान गरेको क्षेत्रमा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन् । रेनु दाहालले भरतपुर १४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी छन् ।

    बिहीबार बिहानै मतदान गरेका प्रचण्ड रुकुम पूर्व जाने तयारीमा छन् । उनी त्यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

    २०८२, फाल्गुण २१ बिहिवार०८:१४:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार