सर्लाही- ४ मा अमरेश विजयी, गगन फराकिलो मतले पराजित

सर्लाही- ४ मा अमरेश विजयी, गगन फराकिलो मतले पराजित

२०८२, फाल्गुण २४ आइतवार

  • 473
    SHARES

  • सर्लाही- ४ मा अमरेश विजयी, गगन फराकिलो मतले पराजित

    सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।

    बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनको निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।

    नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

    एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।

    २०८२, फाल्गुण २४ आइतवार०८:४२:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार