ओखलढुंगामा रास्वपाका पोखरेल ५ मतको अन्तरमा विजयी

ओखलढुंगामा रास्वपाका पोखरेल ५ मतको अन्तरमा विजयी

२०८२, फाल्गुण २४ आइतवार

  • 373
    SHARES

  • ओखलढुंगामा रास्वपाका पोखरेल ५ मतको अन्तरमा विजयी

    काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।

    निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।

    २०८२, फाल्गुण २४ आइतवार११:०१:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार