नेकपा विभाजनले मान्यता पाएन 

नेकपा विभाजनले मान्यता पाएन 

२०७७, माघ ११ आइतवार

  • 1.7K
    SHARES

  • नेकपा विभाजनले मान्यता पाएन 

    माघ ११, काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनमा नयाँ परिस्थिति देखापरेको छ । निर्वाचन आयोगले दुवै पक्षको मागदावीलाई अस्वीकार गर्दै विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ ।

    आज बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संशोधन, परिवर्तन वा हेरफेर हुनसक्ने देखिएन । आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ ।

    आयोगको निर्णयपछि अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहेका छन् ।

    ओली नेतृत्वको नेकपाले अहिलेसम्म प्रचण्डलाई अध्यक्षबाट हटाएको थिएन भने प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय आज गरेका छन् । तर, निर्वाचन आयोगको निर्णयले थप जटिलता पैदा भएको छ । 

    खास गरी पार्टी फुटको सुरुवाती अभियान अगाडी बढाएको दाहाल-नेपाल समूहलाई  यस निर्णयले बढी अप्ठ्यारो बनाएको छ । केपी ओलीलाई हटाएर अध्यक्ष बनेका माधव नेपाल सामु यक्ष प्रश्न खडा भएको छ ।

    अब दाहाल -नेपाल समुहले नेकपा छोडेर नयाँ पार्टी बनाउने या ओली सँगै मिलेर बस्नु पर्ने बाध्यात्मक अवस्था आइलागेको छ । 

    २०७७, माघ ११ आइतवार१०:२६:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार