गगनले राजिनामा दिने बताए सँगै दबाबमा ओली, शक्तिको अधिक भोक की सरकारको डर !

गगनले राजिनामा दिने बताए सँगै दबाबमा ओली, शक्तिको अधिक भोक की सरकारको डर !

२०८२, फाल्गुण २५ सोमवार

  • 673
    SHARES

  • गगनले राजिनामा दिने बताए सँगै दबाबमा ओली, शक्तिको अधिक भोक की सरकारको डर !

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै नेपाली कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिने भएका छन् ।

    निर्वाचनमा पार्टी पराजयको जिम्मा आफूले लिनुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनले बताए सँगै उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन र सुझबुझपूर्ण निर्णय लिन सुझाएका छन् । यद्यपि कांग्रेसभित्रै थापाले राजिनामा दिनु पर्ने माग भने उठेको थिएन ।

    थापाले तत्कालिन सभापति शेर वहादुर देउवाबाट नेतृत्व खोसेर निर्वाचनको मनोनयन हुनु भन्दा दुई दिन भन्दा अगाडी मात्र नेतृत्व लिएका थिए । अत्यधिक छोटो समयका वावजुद देउवाले नेतृत्व गरेको भन्दा सम्मानजनक मत ल्याउन सफल भएको भन्दै थापाप्रति सहानुभूति नै बढेको कांग्रेसीजनबाट पाइएको छ ।

    कांग्रेसलाई थोरबहुत खुट्टा टेकाएता पनि आफैं भने निर्वाचनमा पराजित भएपछि थापा विक्षिप्त देखिएका छन् । २०६२-६३ सालको जनआन्दोलनताका विद्यार्थी हुँदै गणतन्त्रको संवाहक बनेका थापा सर्लाही- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार अमरेश कुमार सिंह सँग पराजित भए ।

    सोही पराजयले उनको राजनीतिक करियरमा समेत नराम्रो धक्का पुगेको छ । यस अघिका ३ वटा निर्वाचन काठमाडौं -४ बाट जितेका थापा यस निर्वाचनमा सर्लाही पुगेका थिए । 

    यसको ठिक विपरित नेकपा एमालेमा भने फरक दृश्य देखिएको छ । आसन्न निर्वाचनमा सर्मनाक हार व्यवहोरे पछि पार्टी संचालन ठिक ढंगले गर्न नसकेको भन्दै सो पार्टीका अध्यक्ष केपी शर्मा ओली माथि चर्को दबाब बढ्दै गएको छ ।

    २०६५ सालको महाधिवेशन मार्फत आफ्ना नीति पार्टीमा घुसाउन सफल ओली नेतृत्वमा भने पराजय व्यहोरे । झलनाथ खनाल सँग चुनाव हारे यता समानान्तर शक्ति संघर्ष गर्दै आएका ओली २०७१ सालमा माधव कुमार नेपाललाई पराजित गरेर पार्टी नेतृत्व लिन सफल भए । तत्पश्चात पार्टीलाई २०७४ सालमा नेकपा माओवादी केन्द्रसँग एकता गराएर संसदीय निर्वाचनमा झण्डैं दुईतिहाई मत प्राप्त गर्न सफल भए ।

    जनताको अपार समर्थन प्राप्तको सिलसिला २०७२ को नाकाबन्दी पश्चात पाएका ओलीले पार्टी एकतालाई जोगाउन नसक्दा २०७७ मै पार्टी फुट्यो । २०७५ र ०७७ मा गरि दुई पटक संसद विघटन गरेका ओली त्यस यता निरन्तर ओरालो यात्रामा छन् ।

    ०७९ को निर्वाचनमा दोस्रो रहेको पार्टी ०८२ मा भएको निर्वाचनमा तेस्रो मात्र देखिए पनि प्रत्यक्ष निर्वाचित र समानुपातिक गरेर निकै नै दयनिय अवस्थामा पुगेको छ ।

    ९ जनाले मात्र प्रत्यक्षमा जित निकाल्नु भनेको यो पार्टीको भोलिको अवस्था निकै नै नाजुक देखिएको मान्नु पर्दछ । जसरी स्वस्थ शरीरमा विभिन्न रोग लागेपछि औषधीका चक्कीहरुको मात्रा बढाउनु पर्ने हुन्छ, ठिक त्यस्तै अवस्था हालको एमालेमा देखिएको छ ।

    २०६५ सालबाटै पार्टी सत्ता अभ्यास गरेका ओलीले ०७१ पश्चात निर्वाधरुपमा एकल नेतृत्वबाट पार्टी संचालन गरिरहेका छन् । अर्थात्, गत भाद्र महिनामा भएको विधान महाधिवेशनबाट आफु अनुकुल नेतृत्व चयन हुने गरि विधान संसोधन मात्र गराएनन् ।

    गत मंसिरमा सम्पन्न ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि र समग्रमा चौथो कार्यकाल पश्चात नेतृत्वमा आए सँगै कार्यकर्ता पंक्ति धेरै नबोले पनि जनताको तहमा भने उनको जितलाई अत्यधिक निराशाको रुपमा रहेका देखाएको छ । विगत ११ वर्षमा तिन कार्यकाल सरकारको नेतृत्व गरेका ओली कुनै पनि समय विवादमुक्त हुन सकेनन् ।

    संविधान जारी, चुच्चेनक्सा पास, दैलेख पेट्रोल उत्खनन्, कोशी सवमरिन डाईभर्सन निर्माण, नागढुंगा सुरुंगमार्ग लगाएत देशलाई अधिक लाभ हुने कार्य गरे पनि सुशासन र जवाफदेहीताका विषयमा कमजोर देखिए । रोजगार प्रवर्द्धन गरेर नवयुवा व्यवस्थापन गर्नु पर्नेमा सामाजिक संजाल नियन्त्रण विषयमा वृहत्तर माहोल नबनाई हठात बन्द गर्नाले जेन्जी युवाले सरकार विरुद्ध आन्दोलन गरे ।

    जुन आन्दोलनमा परि भाद्र २३ गते विद्यार्थी सहित उन्नाईस जनाको गोलीप्रहारबाट हत्या भयो र समग्रमा ७६ जनाले मृत्युवरण गरे । यहि हत्या नै ओलीलाई ओरालो तर्फको यात्रामा प्रमुख कारक बन्यो । पार्टीले देशैभर हार बेहोर्यो। प्रत्यक्षमा ९ जनाले मात्र निर्वाचन जित्न सके ।

    समानुपातिकमा समेत २० लाख भन्दा तल आउँदा कार्यकर्ता पंक्ति निरासामा डुबेका देखिन्छन् । पार्टी यो वा त्यो नाममा ठक्कर खाइरहँदा नेताहरु नेत्रलाल अभागीको कविता निकालेर 'हामी पुनः उठ्ने छौं' भन्दै उर्जा भर्न प्रयासरत त छन् तर कार्यकर्ताले सो कवितालाई दुरुपयोग मात्र गरिएको निश्कर्ष निकाल्न थालेका देखिन्छन् । 

    जेन्जी जाँचबुझ आयोगले समेत ओलीलाई दोषी करार गरि फौजदारी अभियोग लगाउनु पर्ने आशय व्यक्त गरे सँगै एमालेवृत्तमा हलचल देखिएको छ ।

    सरकारले प्रक्रिया चलाउनु भन्दा अगावै बैठक डाकेर उनले नेतृत्वलाई जिम्मेवारीबोध गराउँदै पुनर्गठन तिर लैजान्छन् या सरकारसँग जुध्न आफ्ना जनवर्गिय संगठन र पार्टीपंक्तिलाई दुरुपयोग गर्छन् । दोस्रो बाटो अपनाए पार्टी झनै रसातलमा भासिने अनुमान चाँहि गर्न कठिनाई छैन । 

    २०८२, फाल्गुण २५ सोमवार०९:५०:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार