काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको हो ।
आजै पशुपति आर्यघाटमा दाहसंसकार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।