रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आजदेखि अभिमुखीकरण सुरु गर्दै

रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आजदेखि अभिमुखीकरण सुरु गर्दै

२०८२, चैत्र ३ मंगलवार

  • 369
    SHARES

  • रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आजदेखि अभिमुखीकरण सुरु गर्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ ।

    दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।

    रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् ।

    अभिमुखिकरणमा वरिष्ठ नेता बालेन्द्र शाहको भूमिका बारे केही पनि खुलाइएको छैन । 

    २०८२, चैत्र ३ मंगलवार०९:५०:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार