काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिनुभएको छ । उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।
गत माघ १ गते सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
यसैबीच, काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ ।
यता भरखरै विशेष महाधिवेशन सम्पन्न गरेर सभापति बनेका गगन थापाले फागुन २१ मा सम्पन्न निर्वाचनमा सर्वनाक पराजय व्यवहोरे पछि राजिनामा दिए सँगै अर्को प्रतिस्पर्धी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजिनामा दिन चौतर्फी दबाब बढेको छ ।
ओली उनका पिताको निधन भएर आशौच बारिरहेका छन् । उनी आसौचबाट बाहिरिए लगत्तै राजिनामाको मुद्धाले आकार लिने निश्चित छ । पार्टी अध्यक्षले आगामी दिनमा पार्टीलाई उठाएर अगाडी लाने विषयमा उनी स्वयं नै विश्वस्त छैनन् भने अन्य कार्यकर्ताको त कुरै भएन एक केन्द्रीय सदस्यले बताए ।
निर्वाचन हारे यता पार्टी कार्यालय शुनसान देखिन थालेका छन् । सामान्य कार्यकर्ता चुपचाप छन् भने सिनियर कार्यकर्ता चिया पसलमा बसेर आगामी राजनीतिक यात्राको जोडघटाउमा व्यस्त देखिन्छन् ।
यद्यपि यहि नेतृत्वले जनताको कुँडिएको मनलाई संहालेर पार्टी अगाडी बढ्ला भन्ने कुरामा कोही पनि विश्वस्त छैनन् । जेन्जी आन्दोलनताका नै अध्यक्ष छोड्न चाहेका ओलीलाई निकटवर्तीहरुले दबाब बढाए सँगै पुनः अध्यक्षका लागि तयारी भएका थिए।
उनकै नेतृत्वमा गएको चुनावमा पार्टीले सर्वनाक पराजय मात्र बेहारेन । उनी आफैं पनि अत्यधिक मतान्तरले पराजित भए ।