काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२०८२, चैत्र ६ शुक्रवार

  • 517
    SHARES

  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायतका विषयमा छलफल हुने काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

    काँग्रेसले उक्त बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवम् सातै प्रदेशका सभापतिलाई निर्देशानुसार अनुरोध समेत गरेको छ ।

    २०८२, चैत्र ६ शुक्रवार०२:२३:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार