इरानसँग वार्ताका लागि ट्रम्पले खटाए उपराष्ट्रपति भान्स र विदेश मन्त्री रुबिओ

इरानसँग वार्ताका लागि ट्रम्पले खटाए उपराष्ट्रपति भान्स र विदेश मन्त्री रुबिओ

२०८२, चैत्र ११ बुधवार

  • 501
    SHARES

  • इरानसँग वार्ताका लागि ट्रम्पले खटाए उपराष्ट्रपति भान्स र विदेश मन्त्री रुबिओ

    काठमाडौँ । अमेरिकाले इरानसँग वार्ताका लागि आफ्ना दुई विश्वासिला पात्रलाई अघि सारेको छ ।

    मध्यपूर्व तनावमा अमेरिका र इरान आमनेसामने भएपछि विश्वभर देखिएको असर कम गर्न अमेरिका तत्पर देखिएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मा दिएका छन् ।

    उनले भनेका छन्, ‘उपराष्ट्रपति र विदेशमन्त्रीले इरानसँग वार्ताको नेतृत्व गरिरहेका छन् ।’ उनले इरानसँग सम्झौता हुने आशा पनि व्यक्त गरेका छन् । इरानी स्रोतले सीएनएनलाई बताएअनुसार तेहरान युद्ध अन्त्य गर्न अमेरिका पनि ‘दिगो’ प्रस्तावहरू सुन्न इच्छुक छ ।

    पछिल्लो समय ४८ घण्टाभित्र होर्मजुको जलडमरुमध्यमा खोल्न अमेरिकाले दबाब दिएपछि इरानले नखोल्ने अडान कायम गरेपछि दुई देशबीच तनाव थप बढेको देखिएको थियो । तर अमेरिकाले इरानसँग वार्ताबाट पनि समाधान खोजिरहेको सन्देश दिइरहेको छ । -एजेन्सी । 

    २०८२, चैत्र ११ बुधवार०९:४०:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार