ट्रान्सपरेन्सी भन्छ, -सुशासनमा कदम चाल्नु प्रशंसनीय 

ट्रान्सपरेन्सी भन्छ, -सुशासनमा कदम चाल्नु प्रशंसनीय 

२०८२, चैत्र १७ मंगलवार

  • 393
    SHARES

  • ट्रान्सपरेन्सी भन्छ, -सुशासनमा कदम चाल्नु प्रशंसनीय 

    काठमाडौं । शासकीय सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारको प्रशंसा गरेको छ । भ्रष्टाचारको निगरानी र सुशासनको पक्षमा वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलले सरकारले पारित गरेको शासकिय सुधार सम्बन्धी कार्यसूचीको प्रशंसा गरेको हो ।

    टीआई नेपालले विज्ञप्तिमार्फत भनेको छ, ‘पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लैजान समय सीमा सहितको बृहत कार्यसूची पारित गर्नुले प्रधानमन्त्रीले र सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको छ ।’

    ती सूची मध्ये कतिपयहरु कार्यान्वयन हुनु स्वभाविक भन्दै ट्रान्सपरेन्सी नेपालले तोकिएको समयसीमाभित्र सबै काम पूरा गर्न आग्रह गरेको छ । त्यो विषयमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन पनि तत्पर रहेको जनाएको छ ।

    ट्रान्सपरेन्सीले सन् २०२५ को सुशासन रिपोर्ट समेत केही दिन अगाडी सार्वजनिक गरेको थियो । 

    २०८२, चैत्र १७ मंगलवार०९:०५:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार